दुई दिनमा ‘नाङ्गो गाउँ’ले कमायो १ करोड ६० लाख

रंग नेपाल २०८० असोज १ मा प्रकाशित

काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ । वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो ।

२ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ । फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन् । सोमबार यो फिल्मले नेपालभर १ सय ५० भन्दा बढी शोज पाएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतका कलाकारको अभिनय छ । रोहित कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट