शिक्षकहरूको आन्दोलन चलिरहँदा बालेनले सम्झिए लक्ष्मीप्रसाद देवकोटाको कविता

रंग नेपाल २०८० असोज ४ मा प्रकाशित

काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बानेश्वरमा शिक्षकहरूको आन्दोलन चलिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा शिक्षकहरूको आन्दोलनका क्रममा बानेश्वरस्थित सडक किनारमा लगाइएको दुबो र बोट बिरूवा तहस नहस भएपछि उनले देवकोटाको कविता स्मरण गरेका हुन् ।

उनले दुबो र बोट बिरूवा तहस नहस भएको तस्वीर राख्दै लेखेका छन्–नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ,नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको अगुवाइमा देशैभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट