डा. निरञ्जन पन्तको पहिलो गीत ‘मुस्कानका शब्द’ सार्वजनिक

रंग नेपाल २०८० असोज ५ मा प्रकाशित

काठमाडौं । डाक्टर निरञ्जन पन्तको पहिलो गीत ‘मुस्कानका शब्द’ सार्वजनिक भएको छ ।

शुक्रबार पन्तको आफ्नै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भिडिओ गीतमा उनकै स्वर तथा संगीत रहेको छ । पाँच मिनेट १६ सेकेन्ड लामो डा. पन्तको पहिलो गीत उनले आफ्ना गुरु गायक तिलक सिंह पेलाप्रति सर्मपित गरेको जनाएका छन् ।

गीतमा पन्त र सृष्टि महर्जनको अभियन रहेको छ भने एरेन्ज रिदम कँडेल, मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ ।

यसैगरी, बाँसुरी किरण बराल, गिटार भास्कर स्वार र सारंगीको आवाज मनिष गन्धर्वले भरेका छन् । गीतको भिडिओलाई कृष्ण भण्डारीले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट