टाइगर श्राफको फिल्म ‘गणपत’को टिजर सार्वजनिक

रंग नेपाल २०८० असोज १२ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘गणपत’को टिजर सार्वजनिक भएको छ।

शुक्रबार पूजा इन्टरनेन्मेन्ट युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्ममा टाइगर बक्सरको भूमिकामा देखिएका छन् । विकास बहलले लेखन तथा निर्देशन गरेको फिल्ममा टाइगर, अमिताभ बच्चन र कृति सेननको मुख्य भूमिका छ ।

बाशु भग्नानी, विकास बहल, दीपशिखा देशमुख र ज्याकी भग्नानी निर्माता रहेको फिल्ममा विराज सावन्त सह-निर्माता छन् ।

यो फिल्म २० अक्टोबर अर्थात कार्तिक ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट