युवराज भण्डारीको ‘भावनाको देश’मा राजेश पायल राईको स्वर

रंग नेपाल २०८० असोज १२ मा प्रकाशित

काठमाडौं । गीतकार युवराज भण्डारीको देशभक्ति गीत हालै सार्वजनिक गरिएको छ ।

गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

भण्डारीको युट्युव च्यानल वाइ बी कृयसन मार्फत बजारमा आएको सो गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । गीतका सङ्गीत संयोजक फणीन्द्र राई हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । त्यसैगरी ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । पूजा ठकुरीको निर्देशन, विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा म्यूजिक भिडिओ साङ्ग्रिला कृयसन तयार पारेको हो ।

डुम्रिबेसी, तनहुँका भण्डारी हाल क्यानडा छन् । सानैमा एक गीति कविता सङ्ग्रह प्रकाशित गरेका भण्डारीको ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् ।

उनको शब्दमा आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट