टीका मगरको ‘बज्यैको बुलाकी’ सार्वजनिक

रंग नेपाल २०८० असोज १३ मा प्रकाशित

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् ।

मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गरिएको छ । ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन्। गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन् ।

विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन् । भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् ।

मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो संस्करणमा प्रतिस्पर्धा गरेका गायक टीका मगरले त्यसपछि आफ्नो पहिलो आधिकारिक गीतको रुपमा ‘बज्यैको बुलाकी’ ल्याएका हुन् ।

विशेषगरी सुगम संगीतमा रुचि राख्ने टीकाले यसअघि एक दर्जनजति गीत सार्वजनिक गरिसकेका छन् जसलाई दर्शकले धेरै मन पराइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट