अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

रंग नेपाल २०८० असोज १४ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघात गरेको कसुरमा केसी शुक्रबार पक्राउ परेका थिए ।

पक्राउ गरेको दिनदेखि आइतबारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

हिजो शनिबार सार्वजनिक विदा भएकाले उनको म्याद थप भएको थिएन । आज जिल्ला अदालतले भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको छ । भोलि फेरि उनलाई अदालतमा उपस्थित गराउनुपर्ने छ ।

चलचित्र रामायण खेल्छु भन्दै १० लाख पेस्की लिएर तर फिल्म खेल्न आनाकानी गरेपछि फिल्म निर्माण युनिटले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको कसुरमा जाहेरी दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट