अनमोलमाथि प्रदीपको कटाक्ष : सुहागरात मनाइसकेपछि बेहुली फिर्ता लैजाउ भन्न पाइँदैन

रंग नेपाल २०८० असोज १५ मा प्रकाशित

काठमाडौं । नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन् । उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् ।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’ खड्काले भने ।

उनले कलाकार एउटा निमित्त मात्रै भएको बताउँदै निर्देशक र निर्माताभन्दा माथि हुन नसक्ने बताएका छन् । ‘म कलाकार भएर यो स्वीकार्दै गर्दा निर्माता, निर्देशकहरु अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्चाइदिनु हुन अनुरोध छ’, उनले भनेका छन् ।

चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट