सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०८० असोज १५ मा प्रकाशित

 
काठमाडौं । गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन् । भिडियोमा अभिषेक आले मगर, विजय सारु मगर, विपना थापाको अभिनय रहेको छ । भिडियो सुर रक्स म्युजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट