‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

रंग नेपाल २०८० असोज २१ मा प्रकाशित

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ परेका छन् ।

चलचित्र ‘प्रसाद २’ को विवादमा उनी पक्राउ परेका हुन् । चलचित्र डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् । अहिले उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।

उनलाई आजै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट