दसैं गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक

रंग नेपाल २०८० असोज २३ मा प्रकाशित

काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा नेपाली सुरक्षाकर्मीको दसैंलाई प्रस्तुत गर्न खोजिएको छ ।

गीतमा नरेश एमसीको शब्द तथा ऋषि खड्काको संगीत रहेको छ । गीतमा सागर आले मगर र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् ।

भिडिओलाई स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन् । भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारीको नृत्य तथा अभिनय छ । भिडिओलाई अजय रेग्मीले खिचेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट