‘चित्त दुख्छ रे उनैको’मा सिताराम र उषाको रोमान्स

रंग नेपाल २०८० असोज २८ मा प्रकाशित

काठमाडौं । ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले संगीतबद्ध गरेका छन् । सञ्जय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाकंन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

‘आँखाको नानी हौ तिमी’ बोलको गीत गाएर चर्चामा आएका गायक पोखरेलले दुई सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्डबाट समेत सम्मानित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट