ज्ञानेशको ‘हामी नेपाली’ सार्वजनिक

रंग नेपाल २०८० कार्तिक १ मा प्रकाशित

काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन् । गीतमा शब्द, सङ्गीत संयोजन र स्वर कर्ण स्वयंको छ । गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र भेषभूषालाई समावेश गर्ने कोसिस गरिएको छ ।

म्युजिक अरेन्ज राजु शाहले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ । बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन् । गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ‘ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट