इजरायलमा मृत्यु भएका नेपालीहरूबारे बन्यो यस्तो गीत

रंग नेपाल २०८० कार्तिक ४ मा प्रकाशित

काठमाडौं । युद्धको चपेटामा परी इजरायलमा ज्यान गुमाएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ ।

समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवम् भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ ।

गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । बसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय समावेश छ ।

धेरै पढिएका

पछिल्ला अपडेट