आज पनि दसैँको टीका र जमरा लगाइँदै

रंग नेपाल २०८० कार्तिक ८ मा प्रकाशित

काठमाडौं । दसैँको टीका तथा जमरा आज बुधबार पनि लगाइँदै छ ।

हिजो मंगलबार शुभ साइतमा टीका थाप्न नपाएकाहरूले आज पनि आफन्तकहाँ गएर दसैँको टीका, जमरा र आर्शिवाद लिने गर्दछन् । टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट