केपी ओलीले गरे प्रकाश दुतराजको गीतको प्रशंसा

रंग नेपाल २०८० कार्तिक ८ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गायक प्रकाश दुतराजको हालै सार्वजनिक नयाँ गीत ‘रिमै’को प्रशंसा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडिओ शेयर गर्दै अध्यक्ष ओलीले दशैंमा सुनेको मीठो गीत भनेका छन् । ‘यो दशैंमा सुनेको मिठो गीत । प्रकाश दुतराजले बनाउनु भएको यो मिठो गीतमा हाम्रो राउटे समुदायको कथा छ । जति सुन्यो झन् झन् मिठो ! ’ अध्यक्ष ओलीले भनेका छन् ।

गायक दुतराजले राउटे समुदायको संस्कृति झल्किने म्युजिक भिडि‌ओ ‘रिमै’ केही दिन अघि सार्वजनिक गरेका थिए ।

गायक दुतराज र गायिका मेलिना राईको स्वर रहेको गीतको भिडिओमा स्वयम् दुतराज र केपिना गोतामेको अभिनय रहेको छ ।

१४ मिनेट १५ सेकेन्डको लामो गीतको भिडिओमा राउटे समुदायको बसाइसराईंको कथा छ ।

राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाति हो । तीन वटा गोत्रमा समेटिएको राउटे समुदायको जनसंख्या १४१ जना मात्रै र ४१ घरधुरी रहेको छ । उनीहरु काठमा भाँडा, मधुस, ठेकी, कोसी, बनाएर जिवीकोपार्जन गर्दै आएका छन् । समुदायमा कसैको मृत्यु भएमा रितपूर्वक संस्कार गरी केही दिन भित्रमा बसाईं सर्ने उनीहरुको रित रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट