राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

रंग नेपाल २०८० कार्तिक १४ मा प्रकाशित

काठमाडौं । गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ ।

प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडूले गरेका हुन् । गीतको भिडियोमा अभिनेतृ प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।

उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले एउटी युवतीलाई १७ वर्षको उमेरमा के कस्ता खतरा आइपर्छ भनजेर देखाइएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रवीण भट्टको सम्पादन छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट