एक्सिस व्याण्डले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्दै

रंग नेपाल २०८० कार्तिक १६ मा प्रकाशित

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा हुन लागेको हो ।

कन्सर्टको सुरुवात ब्याण्डले आउँदो शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ । व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्याण्डले ‘तिमी फेरी आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ लगायतका गीत सुनाउनेछ ।

व्याण्डले दशैं अघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । यी कन्सर्टमा विशेषत युवा दर्शकको उल्लेख्य उपस्थिति थियो । कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो । सबै कन्सर्ट हाउसफूल भएका थिए ।

यो कन्सर्टका भिडियो क्लिपहरु टिकटकमा भाइरल भएका थिए । पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दशैं अघिको कन्सर्ट निकै सफल भएको थियो ।

‘अबको कन्सर्टमा पनि दशैं अघिको भन्दा अझ राम्रो संख्यामा दर्शकको साथ पाउनेमा ढुक्क छौं’, उनले भने, ‘कन्सर्टको बीचमा भारतमा पनि कार्यक्रम गर्दा दर्शकको साथ राम्रो पायौं । सबै ठाउँमा इभेन्टका टिकट बिक्री भएकाले दर्शक उल्लेख्य थिए ।’

धेरै पढिएका

पछिल्ला अपडेट