अनु चौधरीको ‘तिम्रो साथ’मा सुमि र दिनेशको रोमान्स

रंग नेपाल २०८० कार्तिक १९ मा प्रकाशित

काठमाडौं । मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ’मा रहेको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

रमित बोहराको छायाँकन, विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन र अर्जुन भण्डारीको सह निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिनेश कठायत र सुमि खड्काको अभिनय छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको मोडल सुमिले बताइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट