प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट

रंग नेपाल २०८० मंसिर १४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी हुन् । उनीहरूबीच मंसिर २३ गते विवाह गर्ने तय भएको छ ।

प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । रेनु प्रचण्डकी माइली छोरी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट