काठमाडौंमा अन्तरराष्ट्रिय जलरङ महोत्सव सुरु

रंग नेपाल २०८० मंसिर १६ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा कूल ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे ।

उक्त समारोहमा उनले कलाले मुलुकको पहिचान विश्वसामु पु¥याउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको बताए । मन्त्री लिम्बूले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरुका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा नमूना कार्य भएको बताए ।

कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एवम् अन्तरराष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटकपटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको बताए । कार्यक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तरराष्ट्रिय जलरङ समाजका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दीपेन्द्रमान बनेपाली लगायतले कलाको महत्वबारे प्रकाश पारेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट