हेटौंडामा सडक खाना महोत्सव हुने

रंग नेपाल २०८० पुष ६ मा प्रकाशित

हेटौंडा । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा मकवानपुरको हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ ।

होटल एसोसिएसन मकवानपुरको आयोजनामा हेटौंडा–४, हुप्रचौरमा तीन दिन सडक खाना महोत्सव हुने भएको हो । यहि पुस १३ गतेदेखि १५ गते सडक खाना महोत्सव आयोजना गरिने एसोसिएसनले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ सालयता हुन नसकेकोमा यो वर्ष आयोजना गर्न लागिएको जानकारी दिए । सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवर्द्धन समेत हुने अपेक्षा गरिएको महर्जनले बताए ।

‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवमा ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट