आफ्नै छोरीलाई नपढेको भन्दै घाउ बनाएर खुर्सानीको धुलो हाल्ने बुबा पक्राउ

रंग नेपाल २०८० पुष २२ मा प्रकाशित

मकवानपुर । छोरीलाई नपढेको भन्दै चरम यातना दिने बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी घर भई मकवानपुरको हेटौंडा-५, सिँचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनले नपढेको भन्दै चार वर्षीया छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको साथै आँखामा खुर्सानीको धुलो हालेर यातना दिएका थिए ।

छोरीलाई यातना दिएको छिमेकीले देखपछि सिविन बाल हेल्प लाइनलाई खबर गरेका थिए । सिविन बाल हेल्प लाइनले बालिकालाई डेराबाटै गम्भीर अवस्थामा उद्वार गरेको छ । मण्डलले छोरीसँगै श्रीमतीलाई पनि यादना दिँदै आएको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट