अमेरिकाबाट छोरी फर्काएर देखाउन लिङ्देनलाई रेखाको चुनौती

रंग नेपाल २०८० माघ १४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अभिनेत्री एवम् राप्रपाकै केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाबीच वार चलेको छ ।

शनिबार अध्यक्ष लिङ्देनले एक कार्यक्रममा रेखाप्रति लक्षित गर्दै अभिव्यक्ति दिएपछि रेखा आक्रोशित बनेकी हुन् ।

रेखा हाल अमेरिकामा छिन् । उनी आफ्नो बच्चालाई जन्मदिन अमेरिका गएकी हुन् । यही सन्दर्भमा लिङ्देनले ‘एक आमा आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुग्दैछिन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष लिङ्देनलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै रेखाले ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो १ अमेरिकामा किन राखेको ?’ भन्दै लेखेकी छन् ।

लिङ्देनकी छोरी अध्ययनका लागि अमेरिकामा छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट