करको विरोधमा देशभरका सिनेमा हल बन्द गरिने

रंग नेपाल २०८० माघ १७ मा प्रकाशित

काठमाडौं । देशभरका चलचित्र हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते हल सञ्चालकले देशभरका हल बन्द गर्ने भएका छन् ।

नेपाल चलचित्र संघले अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा उक्त दिन देशभरका हल बन्द गर्ने मंगलबार जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

चलचित्र क्षेत्रले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएका कारणले यस्तो कदम उठाउनु परेको संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले बताए ।

उनले भने, “मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य कर नलगाउने भन्ने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्यो । त्यसैले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै सांकेतिक रूपमा मुलुकभरका चलचित्र घर बन्द गर्ने निर्णय गरेका हौँ ।

धेरै पढिएका

पछिल्ला अपडेट