कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात (तस्वीरहरु)

रंग नेपाल २०८० माघ १८ मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ ।

मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतिक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानह यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ ।

विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भएपनि यो वर्ष ढिला गरेर हिमपात भएको हो । यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छायाँनाथ रारा नगरपालिका–५ का किसान धनबीर कामीले बताए । ‘पहिले यतिबेलासम्म धेरै हिउँ परिसकेको हुन्थ्यो । मंसिरदेखि नै हिउँ पथ्र्यो, यसपटक माघ लागेपछि बल्ल हिउँ पर्दैछ,’ उनले भने, ‘तैपनि हिउँ परेपछि खेती किसानी गर्ने मान्छेलाई राहत मिलेको छ ।’

हिमपात भएपछि गहुँ उमार्नलाई सजिलो हुने उनले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट