निर्देशक बस्नेतद्वारा स्वास्थ्य संस्थालाई ३ रोपनी जग्गा दान

रंग नेपाल २०८० माघ २४ मा प्रकाशित

इलाम । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको पुर्ख्यौली जग्गा तीन रोपनी स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् ।

इलाम नगरपालिका वडा नम्बर १ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा बस्नेतले आधारभुत उपचार स्वास्थ्य केन्द्रलाई दान दिएका हुन् ।

बुवाको इच्छामा सो जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको बस्नेतले बताएका छन् । मालपोतमा जग्गा दान गर्न बस्नेत बुवासँगै कार्यालयमा पुगेका थिए ।

वडा नम्बर १ का वडा अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको जग्गा निकै उपयोगी हुने बताएका छन् । उनले निकट भविष्यमा सुविधाजनक स्वास्थ्य संस्था निर्माण गरिने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट