गुगलले हटायो ठगी गर्ने २२ सय भन्दा बढी एप

रंग नेपाल २०८० फागुन १ मा प्रकाशित

काठमाडौं । इन्टरनेटको यो युगमा धेरै व्यक्तिहरूले गुगलमा प्राप्त हुने हरेक जानकारीलाई पूर्ण रूपमा विश्वास गर्छन् तर साइबर अपराधीहरूले यसको फाइदा मज्जासँग उठाउँछन् ।

पछिल्ला केही वर्षमा इन्टरनेट र गुगलको प्लेटफर्म प्रयोग गरेर लाखौं र करोडौं रुपैयाँ ठगी गर्न सहज भएको छ । गुगलले यस्ता ठगीलाई रोक्नको लागि ठूलो कदम चालेको छ । गुगलले प्ले स्टोरबाट २२०० भन्दा बढी नक्कली एपहरू डिलिट गरिसकेको जनाइएको छ ।

साइबर अपराधीहरूले गुगल प्ले स्टोरलाई यस्तो अड्डा बनाएका छन्, जसको माध्यमबाट उनीहरू सजिलैसँग मानिसहरूलाई ठग्न सक्छन् । गुगल प्ले स्टोरमा उपलब्ध एपलाई सर्वसाधारणले विश्वास गरेर आफ्नो फोनमा डाउनलोड गर्छन् र त्यसपछि नक्कली एप बनाउने व्यक्तिहरूले फोन डाटा वा अन्य माध्यमबाट प्रयोगकर्तालाई ठगी गर्न थाल्छन् ।

यद्यपि, हामी तपाईंलाई बताउन चाहन्छौं कि गुगलले प्ले स्टोरबाट नक्कली एपहरू हटाएको यो पहिलो पटक होइन । गुगलले यसअघि पनि बेलाबेलामा यस्तो गर्दै आएको थियो तर यसपटक गुगलले मानिससँग हुने ठगीलाई रोक्न २२ सयभन्दा बढी एपहरू डिलिट गरेको जनाइएको छ ।

पछिल्लो रिपोर्ट अनुसार गुगलले सेप्टेम्बर २०२२ र अगस्ट २०२३ को बीचमा गुगल प्ले स्टोरबाट कुल २२०० नक्कली लोन एपहरू मेटाएको छ । गुगलको प्ले स्टोरमा धेरै नक्कली लोन एपहरू थिए । यी एपहरूमा विश्वास गरेर प्रयोगकर्ताहरूलाई धेरै ठगी र मानसिक यातना दिइँदै आएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट