महालक्ष्मी महोत्सव आयोजना हुँदै

रंग नेपाल २०८० फागुन १ मा प्रकाशित

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले,‘महालक्ष्मी महोत्सव’ २०८० आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जनले नगरक्षेत्रको आर्थिक गतिविधि थप गतिशिल बनाई मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले यहि फागुन ५ गते देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव आयोजना गर्न लागेको जानकारी दिएकी हुन् ।

उनका अनुसार तयारीको अन्तिम अन्तिम चरणमा पुगेको महोत्सवमा १० वटै वडालाई समेटिने छ । उनले भनिन्, ‘नगरक्षेत्रको आर्थिक गतिविधिर थप गतिशिल बनाई मुलकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन हामी महालक्ष्मी महोत्सव, २०८० आयोजना गरी तयारी समेत अन्तिम अन्तिम चरणमा पुगेको कुरा जानकारी गराउन पाउदा हर्षित भएको छु । २०८० फागुन ५ देखि ७ सम्म नगरपालिकाको विभिन्न क्षेत्रहरुः खासगरी बोझेपोखरी, सिद्धिपुर, लुभु, लाकुरी भन्ज्याङलगायतका क्षेत्रसहित १० ओटै वडालाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको छ ।’

महोत्सवमा नगरपालिकाका स्थानीय उत्पादन, रैथाने खानाका परिकार, विभिन्न संस्कृतिक प्रदर्शी सम्पदाहरुको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट