पुनम र सामविरुद्ध १०० करोडको मानहानी मुद्धा

रंग नेपाल २०८० फागुन २ मा प्रकाशित

मुम्बई । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो समाचारले उनको बारेमा असन्तुलित उत्सुकता आम मानिसमा जगाएको थियो । पछि उनले आफू ज्यूँदो नै रहेको भनेर सामाजिक सञ्जालमा लेखिन् ।

उनको यो स्टन्टलाई सेलिब्रेटी तथा उनका निकटले ‘खराब स्वाद’कै उपमा दिए । उनको समर्थनमा केवल रामगोपाल बर्मा मात्र देखिए । बर्माले पुनमले कुनै प्रचार अभियान भन्दा पनि भारतीयहरुलाई गुगल रोगबारे जानकारी गराएको दाबी गरेका थिए ।

अब भने पुनम र उनका पति साम बम्बेले अदालती मुद्दाको झमेला व्यहोर्नु पर्ने देखिएको छ । असिम रियाज र साना राइस खानका विरुद्ध यसअघि अदालतमा मुद्धा दर्ता गराएर चर्चामा आएका फैजन अन्सारीले पुनम र सामविरुद्ध १०० करोडको मानहानी मुद्धा दर्ता गराएका छन् ।

फैजनले एकापसमा अलग्गिएका पुनम र सामले करोडौं क्यान्सरका बिरामी र उनीहरुका परिवारको भावनामा खेलबाड गरेको दाबी गरेका छन् । ‘पुनम र उनका पति, सामले क्यान्सर जस्तो गम्भीर रोगको खिल्ली उडाउँदै मृत्युको नाटक गरे । पुनम पाण्डेले व्यक्तिगत प्रचारका लागि यो नाटक रच्दै करोडौं भारतीय र सम्पूर्ण बलिउडको विश्वासलाई धोका दिइन्’, मुद्धामा भनिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट