२७ दिनमा ‘ईश्वर’ इन्डक्ल्याप

रंग नेपाल २०८० फागुन १९ मा प्रकाशित

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को छायांकन २७ दिनमा सकिएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट