समाजमा माया र करुणाको नाटक गर्ने बलात्कारी छन्, फाँसी दिनुपर्छ : समीक्षा अधिकारी

रंग नेपाल २०८० फागुन २० मा प्रकाशित

काठमाडौं । ​​​​​​ गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको भन्दै बलत्कारीलाई फाँसी दिनुपर्ने बताएकी छन् ।

शनिबार फेसबुकमा लेख्दै उनले सामाजमा दुई प्रकारका बलात्कारी रहेको टिप्पणी गरेकी हुन् ।

‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् ।’ उनले लेखेकी छन्, ‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २. जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् । चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट