‘बहुरुपी औरत’ भन्दै पूजालाई समीक्षा अधिकारीको कटाक्ष

रंग नेपाल २०८० फागुन २३ मा प्रकाशित

काठमाडौं । गायिका समीक्षा अधिकारी अभिनेत्री पूजा शर्मासँग आक्रोशित भएकी छन् । उनले पूजाप्रति सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेकी हुन् ।

समीक्षाले सामाजिक सञ्जालमार्फत पूजालाई ‘बहुरूपी महिला’को संज्ञा नै दिएकी छन् । समीक्षाले अभिनेता पल शाहको प्रकरणमा पुजाप्रति आक्रोश व्यक्त गरेकी हुन् ।

पल शाहसँग सम्बन्धन राम्रो नभएको बेला आफूसँग जोडिएको र अहिले फेरि पलकै चाकडी गरेको भन्दै समीक्षाले पूजाको कटाक्ष गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ । आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ । बहुरूपी औरत ।’

पल जेल पर्दा पूजाले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यसबेला हल–हलमा पुगेर पूजाले रुवावासी गरेकी थिइन् ।

पल जेलबाट रिहा भएपछि आफूलाई मतलब नगरेको भन्दै पूजा पलसँग चिढिएकी थिइन् । त्यो बेला उनी समीक्षासँग नजिकिँएकी थिइन् ।

फेरि अहिले सम्बन्ध राम्रो भएपछि पूजाले पलको चाकडी गर्दै हिँडेको समीक्षाले टिप्प्णी गरेकी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट