कला र राजनीतिमा भावनाले काम गर्छ कि वौद्धिकताले ?

रंग नेपाल २०८० चैत २ मा प्रकाशित

काठमाडौं । राजधानीमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण मनाइरेहको छ ।

राष्ट्रिय सभा गृहमा जारी संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर आयोजकले छलफल र अन्तरक्रिया गरिरहेको छ । यही सन्दर्भमा शुक्रबार नेपाली सिने क्षेत्रका हस्ती महानायक राजेश हमाल र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सिनेमा संवाद’ शिर्षकमा झण्डै डेढ घण्टा संवाद गरेका छन् ।

जीवन यथार्थ हो, समाज यथार्थ हो । अवस्था जे छ त्यो यथार्थ हो । कला परिकल्पना हो, कथा हो । कथा र कला अभिनय गरेर चल्छ । जीवन अभिनय गरेर चल्दैन । फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि भएको अभिनय, नलडेपनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरेपनि मरेको अभिनय गर्नुपर्छ । वास्तविक जीवनमा त्यस्तो हुँदैन । राजनीतिामा पनि त्यस्तो हुँदैन । कला एउटा यस्तो झुट हो । किनकि कला पस्किंदा त्यसको सुरुवात नै झुटको खेतीबाट गर्नुपर्दछ । तर यस्तो झुट जसलाई अवलोकन गर्ने मान्छेले आफ्नो सत्यता पत्ता लगाउँछ । कलामा त्यो क्षमता छ । कला क्षमता पनि झुटको खेती नै हो । तर त्यो कलालाई जसले अवलोकन गर्छ, हेर्छ, सुन्छ, हेरेपछि त सत्यता पत्ता लगाउँछ । सिनेमा हेर्दा व्यक्तिलाई लाग्छ यो नाटक हो, झुट हो । यो धनवान देखिएपनि गरिब छ । तर सिनेमाको शसक्तता के हो भने त्यो हेर्ने व्यक्तिले राम्रोसँग प्रस्तुतिकरण र अभिनय गर्यो भने त्यहाँ देखाएइका भावनामा व्यक्ति बग्न थाल्छ । र त्यो झुटको खेती हो भन्ने थाहा हुँदाहुँदै पनि चलचित्रमा देखाइएका कुराहरु हेरेर उ रुन पनि सक्छ, हाँस्न पनि सक्छ । कहिले दुखेसो पोख्नसक्छ । अर्थात सिनेमाको प्रभाव व्यक्तिगत जीवनमा पर्छ । यसलाई नकार्न सकिदैन ।

चलचित्र नै झुट होइन तर कथा र अभिनय झुट हुन्, कल्पनामा कथा तयार गरिन्छ । महाभारत एउटा कथा हो । महाभारतमा युद्ध त अलि अलि भयो होला । तर त्यो महाकाब्यको यसरी रचना गरिको छ कि मान्छे युद्ध नै देख्न थाल्छ । अहिले त हिन्दी सिरियल र हिन्दी चलचित्रले चिन्ने बनाइसक्यो । यसैपनि मान्छे हिजो पनि कृष्णको कल्पना गर्थे । हिजोसिनेमा बनेका थिएनन् । अहिले रामको अभिनय गरेका कलाकार बजारमा निस्किदा मान्छेहरु उनको पाउँ समाउँछन् । यो कलाको सफलता बाहेक केही होइन । त्यसकारण कला यथार्थ वर्णन र यथार्थ चित्रण होइन र पनि कला झुट होइन ? कथा झुट होइन परिकल्पना हो ।

झट्ट हेर्दा मानवीय समाज होस् अथवा राजनीतिक आइडोलोजीको समारोह होस् ति सबै माथि कुनै न कुनैमा कथा छ । मानवीय समाज कथाकै आधारमा संगठित भएको छ । त्यसैले कला कल्पना र भावनामा नै आधारित हुन्छ तर राजनीति वोद्धिकतामै चलेको छ । (एमाले अध्यक्ष केपी ओली र महानायक राजेश हमालबीचको संवादको सम्पादित अंश)

धेरै पढिएका

पछिल्ला अपडेट