कविता खत्रीको ‘देउ न त्यो मन’मा पुष्प खड्का र कविता नेपाली

रंग नेपाल २०८० चैत ६ मा प्रकाशित

काठमाडौं । गायिका कविता खत्रीको नयाँ लोकदोहोरी गीत ‘देउ न त्यो मन’ सार्वजनिक भएको छ ।

गायिका कविता र खेम सन्चुरीको स्वर रहेको गीत विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । गीतको भिडिओमा मोडल तथा अभिनेता पुष्प खड्का र कविता नेपालीको अभिनय रहेको छ ।

माया प्रेमका कुरा समेटिएको गीतलाई नन्दु परियारले संगीत दिएका छन् । अशोक विकले क्रोरियोग्राफी तथा निर्देशन गरेको भिडिओलाई छायांकार अजय रेग्मीले खिचेका हुन् भने भिडिओको सम्पादन मिल विश्वकर्माले गरेका छन् ।

दुईदिनअघि सार्वजनिक कविताको गीतको भिडिओलाई दर्शक श्रोताले मन पराएका छन् । कविताको आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको गीतले हालसम्म १ लाख ६४ हजार भन्दा बढी भ्यूज पाएको छ ।

गीत संगीतमा निरन्तरता दिँदै आएकी कविता २०७५ सालमा ओखलढुंगाबाट काठमाडौं आएकी थिइन् । गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै कविताले आगामी दिनमा पनि गीत संगीतलाई निरन्तरता दिने बताइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट