वैशाखमा विवाह गर्दै एलिना चौहान

रंग नेपाल २०८० चैत १३ मा प्रकाशित

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँने भएकी छन् । उनले वैशाखमा विवाह गर्ने तयारी गरेकी हुन् । उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन् ।

केही समयअघि उनीहरूको ब्रेकअप भएको बताइएको थियो । उनीहरूबीच पुर्नमिलन भएसँगै विवाह गर्न लागेका हुन् ।

त्यतिबेला आफूहरुबीच केही ‘मिस–अन्डरस्ट्यान्डिङ’ भएको तर ब्रेकअप भने नभएको एलिनाले बताइन् । केही पत्रकारहरुले अन्दाजको भरमा ब्रेकअपको समाचार फैलाएको उनको भनाइ छ ।

अहिले परिवारका सदस्यहरु विवाहको तयारीमा जुटिसकेको उनले जानकारी दिइन्।

विवाह वैशाखमै हुने तय भएपनि मिति भने पक्का भएको छैन । अबको केही दिनमा मिति पक्का हुने उनले बताइन् । एलिना झापाकी हुन् भने विष्णु बाग्लुङका हुन् । विष्णु अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

साथै विष्णुको मायालु नामक इन्टरटेन्मेन्ट कम्पनी पनि छ । कम्पनीले अष्ट्रेलियाका विभिन्न स्थानमा नेपालबाट कलाकारलाई आमन्त्रण गरेर कन्सर्ट आयोजना गर्दै आएको छ ।

यही क्रममा गत वर्ष तिजको अवसरमा एलिना कन्सर्टको निम्ति अष्ट्रेलिया पुगेका बेला विष्णुसँग प्रेममा परेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट