‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीको अभिनयमा डेब्यू

रंग नेपाल २०८० चैत १७ मा प्रकाशित

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले म्युजिक भिडियोको अभिनयमा डेब्यू गरेका छन् ।

विभिन्न टेली सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा पुरुले शिल्पा पोखरेल र दिनेश कठायतसँग अभिनय गरेका छन् ।

भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ ।

गीतमा आरके परियारको शब्द तथा संगीत रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट