‘नो इन्ट्री २’का कारण बोनी र अनिलबीच खटपट

रंग नेपाल २०८० चैत १८ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता अनिल कपूर फिल्म निर्माता ठूलो दाई बोनी कपूरसँग निकै नजिक छन् । फिल्म उद्योगमा यी दाजुभाईको प्रेमलाई उदाहरणका रुपमा लिइन्छ ।

हालैमात्र निर्माता बोनीले भाई अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन् । उनले भाई अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’का कारण दुःखी रहेको खुलासा गरेका हुन् । त्यहीकारण पनि लामो समयसम्म उनीहरुबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन् ।

अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए । तर उनी यसको दोस्रो भागको हिस्सा छैनन् । ‘अनिलले नो इन्ट्री २ को कथामा आफू नरहेको थाहा पाएपछि मसँग निकै रिसाएको छ । मलाई थाहा छ ऊ यो सिक्वेलको हिस्सा बन्न चाहन्छ । तर उसका लागि यो कथामा स्थान छैन । म यो कुरा उसलाई भन्न चाहन्थें । सम्झाउन चाहन्थें । तर मेरो भाई आजसम्म मसँग राम्ररी बोल्न मानेकै छैन । म आशा गर्छु कि यी कुरा चाँडै ठिक हुनेछन् ।’ बोनीले भनेका छन् ।

फिल्म ‘नो इन्ट्री २’मा बोनी कपूरले युवापुस्तालाई स्थान दिएका छन् । फिल्ममा वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाँझको अभिनय छ । तर यो कुरा अनिललाई मनपरेको छैन । यहीकारण बोनी र अनिलबीच सम्बन्धमा खटपट छ ।

धेरै पढिएका

पछिल्ला अपडेट