सञ्जयलीला भन्सालीको ‘हीरामण्डी’मा सक्कली आभूषण

रंग नेपाल २०८० चैत १८ मा प्रकाशित

मुम्बई । निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतिक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन् । यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन् । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ ।

हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी छन् । उनका अनुसार सिरिजमा वास्तविकता झल्काउनका लागि सञ्जयले भेषभुषादेखि आभुषणसम्म निकै ध्यान दिएका छन् । सिरिजकै लागि उनले सक्कली गहनाको प्रयोग गरेका छन् ।

‘हामीले जुन आभुषण लगाएका छौं, ती सबै सक्कली हुन् । भलै त्यो तीन–चार किलोग्रामको छ । यी सबै पुराना आभुषण हुन् । यसमा कष्ट्युमका रुपमा पुराना कपडाको प्रयोग गरिएको छ ।’ उनले भनेकी छन् ।

सिरिजमा ऋचाले ‘लज्जो’को भूमिका निर्वाह गरेकी छन् । ‘रोलमा आफूलाई फिट राख्नका लागि मैले उर्दूको धेरै कक्षा लिनुपर्यो । किनकी सिरिजका लागि मैले निखार ल्याउनुपर्ने थियो । जुन बेला म सानै थिएँ, त्यो बेला मैले एक दशकसम्म कत्थक सिकेको थिएँ ।’ ऋचाले भनेकी छन् ।

३७ वर्षीया ऋचाका अनुसार उनले चरित्रका लागि भ्वाइस मोड्युलेसन पनि गरिन् । सन् १९३०, ४० र ५० को दशकका महिलाहरु कसरी कुरा गर्थे भन्ने कुरालाई उनले सिरिजमा उतारेकी छन् ।

‘हीरामण्डी’ मे १ बाट ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुँदैछ ।

सिरिजमा पाकिस्तानको कथा देखाइनेछ । पाकिस्तानको लाहोरमा एक रेडलाइट इलाकाको नाम हीरामण्डी छ । त्यही कथा सिरिजमा देखाइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट