गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ सार्वजनिक

रंग नेपाल २०८० चैत २० मा प्रकाशित

काठमाडौं । गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ ।

गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशनमार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल छन् ।

यस भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने भिडियो सम्पादन अर्जुन खड्काले गरेका छन् । एजे अजुको व्यवस्थापनमा सुटिङ सम्पन्न भएको थियो । भिडियोलाई रन्जित सुनारले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट