सलमान खानको घर बाहिर गोली चलाउने २ जना पक्राउ

रंग नेपाल २०८१ वैशाख ४ मा प्रकाशित

काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् ।

मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो ।

मोटरसाइकलमा आएका दुई जना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।

घटनापछि सलमानको घर बाहिर सुरक्षा बढाइएको थियो ।

खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समूहले सलमानलाई यसअघि पनि पटक पटक धम्कि दिँदै आएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट