वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक

रंग नेपाल २०८१ वैशाख ५ मा प्रकाशित

काठमाडौं । गायक वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ ।

सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पीडा व्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ ।

गीतको संगीत संयोजन अशोककुमार राईले गरेका हुन् ।

गीतको भिडिओमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ । दिक्पाल र सेजल भिडिओमा श्रीमान् श्रीमतीको भुमिकामा देखिएका छन् ।

अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडिओका सहायक निर्देशक सम्यक अधिकारी हुन् । भिडिओको निर्देशन समन अधिकारीले गरेका हन् ।

धेरै पढिएका

पछिल्ला अपडेट