‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

रंग नेपाल २०८१ वैशाख १३ मा प्रकाशित

क्यार्लिफोनिया । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो । त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ ।

हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी छिन् । अभिनेत्रीले भनिन्, ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईंलाई छनोट गरिएको छ । के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’

ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भनिन्, ‘निर्देशकको यो माग सुनेर म छक्क परेँ । एक पलको लागि मलाई लाग्यो कि सायद मसँग केही गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’

अभिनेत्रीले भनिन्, ‘मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरेँ । मलाई चिनेपछि कसैले मलाई दुर्व्यवहार गर्न खोजेको थिएन वा मलाई चोट पुर्‍याएको थिएन तर त्यो समय थियो । यो सबै सामान्य कुरा थियो ।’

एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छिन् । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छिन् । यसमा उनी एकल आमाको भूमिकामा छिन् ।

कथाको बारेमा कुरा गर्दा, फिल्ममा एनी ह्याथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन् । वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनी ह्याथवे भन्दा धेरै कान्छी छन् । ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडियोमा स्ट्रिम हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट