ज्योति मगरमाथि जुम्ला महोत्सवमा ढुंगा प्रहार

रंग नेपाल २०८१ वैशाख २५ मा प्रकाशित

काठमाडौं । गायिका ज्योति मगरमाथि जुम्ला महोत्सवमा ढुंगा प्रहार भएको छ । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा ज्योतिमाथि दर्शकले ढुंगा प्रहार गरेका हुन् ।

१० हजारभन्दा बढी दर्शक सहभागी महोत्समा प्रस्तुति दिइरहेका बेलामा ढुंगा प्रहार भएको हो । सधै झैँ भड्किलो पोसाकमा प्रस्तुति दिइरहेका बेला मदिरामा लठ्ठ भएका युवाहरूले ढुंगा र माटोले हानेका हुन् । यस्तै उनीहरूले अश्लिल गालीसमेत गरेका थिए ।

२३ वर्षीय युवकले हानेको ढुंगाले ज्योतिलाई भने लागेन । प्रहरीले तत्कालै युवकलाई पक्राउ गरेको थियो । प्रस्तुतिका क्रममा भड्किलो पोशाकमा उपस्थित हुने गरेको कारण ज्योतिले आलोचना खेप्दै आएकी छिन् ।

ज्योतिले भने गीत गाइरहेको समयमा जेनेरेटरमा तेल सकिएको र लोडसेडिङका कारण बत्ती गएकाले नाच्न नपाएपछि केटाहरुले प्रहरीलाई ढुंगा हान्न थालेपछि माहोल बिग्रेको दावी गरेकी छन् ।

उनले विनादर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो भन्दै १० हजार बढी दर्शकले पैसा तिरेर आफूलाई हेर्न आउँछन् भने खुसी खुसी ढुंगा खान पनि तयार रहेको उल्लेख गरेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट