आमाप्रति समर्पित नयाँ गीत ‘मेरी आमा’ सार्वजनिक

रंग नेपाल २०८१ वैशाख २६ मा प्रकाशित

काठमाडौं । आमाको मुख हेर्ने दिनको छेको पारेर यदु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

आफ्नो जन्मदिने आमा र सम्पूर्ण आमाप्रति समर्पित ‘मेरी आमा’ बोलको गीतमा शब्द रचना, संगीत र स्वर यदु सुवेदीको रहेको छ । सार्वजनिक गीतमा सुरज सिवाको संगीत संयोजन रहेको छ ।

दिनेश ठकुल्लाले निर्देशन गरेको भिडिओको छायांकन नरेश अयेरले गरेका हुन् भने सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन् ।

भिडिओमा मिथिला शर्मा र यदु सुवेदीको अभिनय रहेको छ । भिडिओमा आमा र छोराको सम्बन्धलाई चित्रण गर्न खोजिएको छ । आमाको लागि छोराले गर्ने त्यागको कथा भिडिओमा समावेश छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुलाई यो उपहार स्वरुप भिडिओ सार्वजनिक गरेको गायक सुवेदीले बताए ।

भिडिओ यदु सुवेदीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट