शाहरुख खान अस्पताल भर्ना

रंग नेपाल २०८१ जेठ १० मा प्रकाशित

काठमाडौं । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् ।

शाहरुखको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको हो । शाहरुख आफ्नो आईपीएल टिम कोलकोत्ता नाइट राइडर्सलाई समर्थन गर्न अहमदाबाद गएका थिए ।

मिडिया रिपोर्टका अनुसार अत्यधिक गर्मीका कारण उनलाई डिहाइड्रेसन भएको थियो जसका कारण उनको स्वास्थ्य अचानक बिग्रिएको थियो ।

फ्यानहरुले उनको शीर्ष स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट