‘तिमी सुस्तरी छेउ आइदेउन’को भिडिओ सार्वजनिक

रंग नेपाल २०८१ जेठ १२ मा प्रकाशित

काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ ।

नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडिओले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेमकथालाई कलात्मक तरिकाले वर्णन गरेको छ । गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउँछन् ।

जिन्दगी आफूले माया गरेको मान्छेसँग खुशीका साथ समय बिताउने सन्देश भिडिओले दिन्छ । जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ ।

किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडिओ निर्देशन केशवराज भट्टले गरेका हुन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’को छायांकन विशाल थापाले गरेका हुन् भने कलर र सम्पादन दिनसन शाहले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट