‘धेरै कोशिस’ सार्वजनिक

रंग नेपाल २०८१ जेठ २९ मा प्रकाशित

काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत र स्वर रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडिओमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ ।

उत्तम हुमागाईंको छायांकन रहेको भिडिओमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडिओमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडिओ र भिडिओ दुवै सशक्त छ ।

गीतको भिडिओ भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमासमेत स्वर दिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट