आँखाको शल्यक्रियापछि यस्तो देखिइन् मेनुका

रंग नेपाल २०८१ जेठ २९ मा प्रकाशित

काठमाडौं । गायिका मेनुका पौडेलले सम्भवत पहिलो पटक चस्माबिनाको तस्वीर सार्वजनिक गरेकी छन् ।

कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि उनले चस्माबिनाको तस्वीर सार्वजनिक गरेकी हुन् ।

उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरेकी थिइन् । जहाँ उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) राखिएको हो ।

सार्वजनिक तस्वीरमा उनी सामान्य देख्न सक्ने मानिस झै देखिएकी छन् । तर उनले आँखा भने देख्न सक्दिनन् । शल्यक्रियापछि उनले कालोचस्मा लगाएर हिँड्नुपर्ने बाध्यता भने हटेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट