‘बन्दी’ निर्माण गर्दै सुशील पोखरेल

रंग नेपाल २०८१ असार ५ मा प्रकाशित

काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

पछिल्लो फिल्म ‘राधे’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षकाअनुसार हाल फिल्मका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका फिल्म निर्माण गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट